काठमाडौँ । राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।
आगामी आर्थिक वर्ष ०७९०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उनका अनुसार चालुतर्फ ४२ करोड ४२ लाख र पूँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ ।
नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवद्र्धनमार्फत गरिवी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।
FACEBOOK COMMENTS