काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।
रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।
“काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ” रासससँग कुरा गर्दै उनले भने, “३/४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।” काठमाडौँ उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।
FACEBOOK COMMENTS