काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार बीपी राजमार्ग, केआई सिंह राजमार्ग र बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएका छन् ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाको बाउन्ने, चारसयबेँसी र गिम्दीमा सडक अवरद्ध भएको छ । भने, बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
त्यस्तै, केआई सिंह राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका– ५ स्थिति जंगल स्पार्कमा सडक अवरुद्ध भएको छ ।
FACEBOOK COMMENTS