पूर्वराजा शाहको स्वागतमा दुर्गा प्रसाईंको नेतृत्वमा र्‍याली

काठमाडाैं । पूर्वराजा  ज्ञानेन्द्र शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । पूर्वराजा  शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्‍याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् ।