काठमाडौं । सरकारलाई राजावादीको आवाजलाई निषेध नगर्न व्यवसायी, उद्योगी, कलाकार लगायत ३२ जनाले ६ बुँदे अपिल सार्वजनिक गरेका छन् ।
प्रजातान्त्रिक व्यवस्थामा निषेध स्वीकार्य नहुने भन्दै उद्योगा वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, कुशकुमार जोशी, भाष्कर राजकर्णिकार, कलाकार, दिपकराज गिरी, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवरामभण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जनाले ६ बुँदे अपिल जारी गरेका हुन् ।
अपिलमा भनिएको छ, ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ। हामी तपशीलका विभिन्न संस्था र विधामा अबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौँ। यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयम् सरकार हुनेछ।’
अपिलमा वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरुप्रति यो भेला ऐक्यवद्धता प्रकट गर्दछ भनिएको छ ।
यस्तै आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेलाले आन्दोलनरत पक्षसंग अनुरोध गरेका छन् ।
आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र वार्ता र सहमति, बार्ता र संवादका लागि आह्वान गर्न हामी अपिल गरेका छन् । जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गरेका छन् ।
यस्ताे छ अपिल
FACEBOOK COMMENTS