काठमाडौं । गणतन्त्र दिवसकै दिन राप्रपाको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन सुरु हुँदैछ ।
आजबाट काठमाडौं केन्द्रित संयुक्त अनिश्चितकालीन जनआन्दोलन थालिएको हो ।
काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शन मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धाराबाट निकालिने राप्रपाले जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने बताईएको छ।
आज राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ ।
संयुक्त जनआन्दोलन समितिका वयोवृद्ध संयोजक नवराज सुबेदी पनि आउनेछन् ।
आजको जनप्रदर्शनका लागि कुनै पनि मञ्च भने बनाइएको छैन ।
FACEBOOK COMMENTS