काठमाडौँ । राजसंस्था पक्षधरहरूले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने भएका छन् ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनको चौथो दिन नारायणचौरमा दिउँसो २ बजेदेखि प्रदर्शन सुरू हुने जानकारी दिए ।
राजसंस्था पक्षधरहरूले बिहीबारदेखि सुरू गरेको प्रदर्शन काठमाडौंमा विभिन्न स्थानमा गर्दै आएका छन् । बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरूले शुक्रबार माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस्तै, शनिबार दरबारमार्गस्थित महेन्द्र शालिक अगाडि प्रदर्शन गर्ने तयारी गरे पनि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि रत्नपार्क हुँदै बालुवाटारसम्म प्रदर्शन गरेका थिए ।
राजसंस्था पक्षधर दलहरू र अभियानले एकसाथ बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् ।
FACEBOOK COMMENTS