काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ ।
राजावादीहरूले प्रदर्शन गरिरहेको सो स्थानमा रहेको निजी घरमा आगजनी भएको हो ।
प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अश्रुग्यास प्रहार गरेको केहीबेरमै सो घरमा आगो देखिएको हो ।
आगो देखिनुअघि प्रदर्शनकारीहरूले सो घरमा ढुंगामुढा गरी सम्पूर्ण सिसा फुटाएका थिए ।
FACEBOOK COMMENTS