काठमाडौं । राजसंस्था पक्षधरहरूले आज आइतबार नक्सालको नारायणचौरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिनाका साथै प्रदर्शनकारीहरूमाथि लाठीचार्जसमेत गरेको छ ।
प्रदर्शनकारीहरू जबरजस्ती नारायणचौरबाट बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो, जसबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले जेठ १५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । आज उनीहरूको आन्दोलनको चौथो दिन हो ।
FACEBOOK COMMENTS