 
			                  			              
काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई राजावादी आन्दोलनमा सहभागी हुन प्रस्ताव गरेका छन् ।
हिजो बुधबार रास्वपाका कार्यबाहक सभापति डोल प्रसाद अर्याल (डीपी) लाई पत्राचार गर्दै संयोजक सुवेदीले संयुक्त जनआन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।
‘तपाइँको पार्टीका सभापति रवि लामिछानेले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अङ्गहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाइँहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो विश्वास छ,’ पत्रमा लेखिएको छ, ‘त्यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुनसक्ने आशा लिएको छु ।’
रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै आफूले आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गरेको संयोजक सुवेदीले स्पष्ट गरेका छन् ।
समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि आगामी १५ गतेदेखि देशव्यापीरूपमा जनआन्दोलन गर्ने घोषणा गरिसकेको छ । सोही आन्दोलनमा सहभागी हुन समितिले रास्वपालाई प्रस्ताव गरेको हो ।

हेर्नुहोस् प्रस्तावपत्र–



 
              
              
              
              		              
FACEBOOK COMMENTS