काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं– ४ मा पार्टी सचिव राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।
यसअघि लगातार यस क्षेत्रबाट गगन थापासँग पराजित हुदै आएका भट्टराई यस पटक यो क्षेत्रबाट चुनाव नलडने मनस्थितिमा रहेका थिए ।
तर एमालेले गगन थापा सर्लाही– ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो ।
यस क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।
FACEBOOK COMMENTS