राजन कुमार श्रेष्ठ
अध्यक्ष | सवारी सेवा नेपाल लिमिटेड
काठमाडौं । सवारी सेवा नेपाल लिमिटेडले अब छिट्टै नै राइड शेयरिङ एप प्रयोगकर्ताका लागि नेपालमै नोपालीले बनाएको राइड शेयरिङ एप ‘सवारी सेवा’ बजारमा ल्याउँदै छ । नेपालमा राइड शेयरिङ व्यवसायको नाममा विदेशी कम्पनीहरूमा नेपालीहरूको पैसा गइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाली युवालाई रोजगारी प्रदान गर्ने र नेपालीको पैसा नेपालमै लगानी गर्ने उद्देश्यका साथ ‘सवारी एप’ ल्याउन लागिएको हो । प्रस्तुत छ, सवारी एप कस्तो एप हो ? यसले प्रयोगकर्तालाई कसरी सेवा प्रदान गर्नेछ ? युवालाई रोजगारी प्रदान गर्नमा सवारीको कस्तो भूमिका रहनेछलगायत विषयमा सवारी सेवा नेपाल लिमिटेडका अध्यक्ष राजन कुमार श्रेष्ठसँग गरिएको कुराकानी :
‘सवारी सेवा’ कस्तो खालको एप हो यसको बारेमा जानकारी गराइदिनुहोस न ?
सवारी सेवा नेपाल भनेको नेपालमा जति पनि सवारी साधनहरूले दिने सुविधाहरू छन् त्यसको एउटा कम्प्लिट प्याकेजको रूपमा एउटा सुपर एपमार्फत ‘सवारी सेवा बजारमा आउँदै छ । यो सवारी साधनहरूको कम्प्लिट सुविधा दिने एउटा डिजिटल प्लेटफर्म हो ।
भनेपछि अहिले नेपाली बजारमा जति पनि राइड शेयरिङ एपहरू छन् सवारी एप पनि त्यस्तै किसिमको हो ?
राइड शेयरिङ शब्दले त त्यही जनाउँछ । तर, हामीले दुईपांग्रे, चारपांग्रे जति पनि सवारी साधनहरू हुन्छ, त्यो चाहिँ हाम्रो आफ्नै हुन्छ । हामीले गुड्नेदेखि उड्नेसम्म त्यसमा हेलिकोप्टर पनि हुन्छ । सवारी साधनको माध्यमबाट दिनुपर्ने सुविधाहरू छ, ति सबैको सोलुसनलाई मध्यनजर राखेर त्यसलाई अगाडि बढाइरहेका छौँ ।
गुड्नेदेखि उड्ने सवारी साधनको सेवा प्रदान गर्छौँ भन्नुभयो प्लेनको टिकट काट्ने सेवा समावेश गर्नुभएको हो ?
जस्तो गाडीहरूमा अहिले नर्मल्ली चढ्ने राइड शेयरिङ एप्समा त अब डिजिटल प्लेटफर्मबाट आइ नै हाल्यो । त्यसमा पनि लङ रुटका लागि माइक्रो बसहरूदेखि अन्य सवारी साधनलाई पनि समेट्छौँ । प्लेनको टिकटका लागि पनि प्रयोगकर्ताले सवारी एप प्रयोग गर्न सक्नुहुने छ ।

अहिले नेपाली बजारमा जति पनि राइड शेयरिङ एपहरू छन् ती प्राय: विदेशी मात्रै छ ‘सवारी एप’ चाहिँ नेपालकै हो कि यो पनि विदेशी हो ?
हाम्रो पहिलो प्राथमिकता भनेकै नेपाली उत्पादन नै हो । त्यसैले सवारी एप पनि विशुद्ध नेपाली हो । नेपाली इञ्जिनीयरहरूले, नेपाली प्राविधिकबाट निर्माण गरेको हो । नेपालमा जति पनि सेवा दिएर कमाएको मुनाफा हुन्छ, त्यो मुनाफालाई नेपाली माटोमै लगानी गर्न सक्ने र लगानी गर्ने अभिप्रायले नै सवारी सेवाको सुपर एप बनाएका हौँ । किनभने, विदेशको भयो भने बाहिरको सफ्टवेयर, बाहिरको प्लेटफर्मले कुनै न कुनै माध्यमबाट नेपालको पैसा बाहिर जान्छ । हाम्रो मुख्य उद्देश्य नै सिर्जित मुनाफाहरू यही माटोमा लगानी गरेर नेपाली हावापानी अथवा माटोलाई सुहाउने खालको, यहाँको पद्धति र नेपाली मनस्थिति अनुसार सेवाग्राहीलाई सेवा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।

नेपालमा अवसर नपाउँदा युवाहरू विदेश पलायन भइरहेका छन् रोजगारीको अवसर सृजना गर्नका लागि सेवा एपको भूमिका कस्तो रहनेछ ?
यसमा प्रत्यक्ष वा परोक्ष रोजगारी पनि जोडिएको छ । ३ देखि ५ वर्षभित्रमा ५०–६० हजारदेखि एक लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको छ । किनभने, सवारी साधन हाम्रो हुन्छ । बेरोजगारीको नाममा देशबाट विदेश मान्छेहरू गइरहेका छन् । कतै अध्ययनको बाहाना, रोजगारी बाहानाले युवा विदेश पलायन भइरहेका छन् । त्यसैले सवारी सेवाले युवालाई देशमै रोक्न केही हदसम्म सहयोग गर्नेछ ।

राइड शेयरिङ एप भनेपछि सुरक्षाको विषय पनि आउँछ यसलाई कसरी समेट्नु भएको छ ?
राइड शेयरिङ एपमा काम गर्ने मान्छेलाई अलिकति मर्यादित तरिकाले हेर्ने नजर पनि छैन । त्यसैले यो पेशालाई मर्यादित पेशा बनाउने लक्ष्य राखेका छौं । सुरक्षाको कुरा गर्दा इन्स्योरेन्सको व्यवस्था हुनेछ । अनि सुलभ सरल आरामदायी यात्राको सहयात्री बन्ने नै हाम्रो लक्ष्य हो । जसले गर्दा कतिखेर के हुन्छ, राइड गर्दाखेरि भइपरी आउने अप्ठ्याराहरू कसले सम्बोधन गर्छ भन्ने विषयमा प्रयोेगकर्ताहरू चिन्ताबाट मुक्त हुँदा हुन्छ । किनभने, अब सवारीमा सुरक्षादेखि लिएर हरेक चिजको प्रत्याभूति दिने हाम्रो काम हो ।

प्रयोगकर्ताले सवारी नै किन प्रयोग गर्ने ?
सवारी प्रयोगकर्ताले किन रुचाउनुपर्छ भन्दाखेरि नेपाली प्राविधिक, नेपाली लगानीकर्ताले नेपालमा बसेर नेपालमै बनेको प्रविधि भएकोले पहिलो प्राथमिकताका साथ मन पराउनुपर्छ । प्रयोगकर्ताले मन पराउँदै गर्दाखेरि हामीले दिनुपर्ने सुविधाहरू पनि हामीले दिनु हाम्रो कर्तव्य हो । त्यतिकै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना पनि गछौं । त्यसैले पनि राइड शेयरिङ एप प्रयोगकर्ताले हामीलाई रोज्नुहुन्छ भन्नेमा ढुक्क छौं ।

आज जति पनि राइड शेयरिङ एपहरू छन् ति सबै काठमाडौं केन्द्रित छन् तपाईहरू चाहिँ कसरी सेवा प्रदान गर्नुहुन्छ ?
काठमाडौं त मेजर सिटी नै भैहाल्यो । सिटी टु सिटी पनि सेवा प्रदान गर्छौँ । सवारी एप डाउनलोड गर्ने प्रयोगकर्ताले जहाँ, जुनसुकै ठाउँबाट पनि जस्तो पनि सुविधा लिन सक्नुहुन्छ । उदाहरणका लागि काठमाडौंबाट पोखरा जानुपर्यो, पोखरा गएर अर्काे गन्तव्यमा पनि जानुपर्ने हुन्छ । त्यसका लागि अब कसैले पनि चिन्ता लिनुपर्दैन किनकी सवारीले काठमाडौंको तीन किलोमिटर पेरिफेरीबाट हामी घरबाटै लिन जानेछ र तीन किलोमिटर पेरिफेरीमा सवारीले नै ड्रप गरिदिने छ ।
नेपालमा दर्जन भन्दा बढी राइड शेयरिङ एपहरू छन् । कति त बन्दै भइसके । तपाईहरूले फेरि नयाँ राइड शेयरिङ एप ल्याउँदै हुनुहुन्छ । यसलाई कत्तिको चुनौतीको रूपमा हेर्नुभएको छ ?
चुनौतीमा अवसर पनि हुन्छ । खोज्ने भनेको जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर धेरै हुन्छ । अहिले अन्तर्राष्ट्रिय लेभलको प्लेटफर्महरू नेपालमा आउँदै गर्दाखेरि त्यसलाई प्रयोग गर्नुपर्ने नेपालीहरूको बाध्यता हो । बिरालोलाई कोठामा थुनेर पिट्नुभयो भने त्यसले तपाईंलाई चिथोर्छ । त्यस्तै केही पनि छैन भने त बाध्य भएर त्यो चलाउन त पर्यो । त्यहाँबाट सृजना भएको धेरै मुनाफाहरू बाहिर त कुनै न कुनै माध्यमबाट जान्छ । तर, हाम्रो पहिलो लक्ष्य नै के हो त भन्दाखेरि हामी राम्रो सर्भिस दिन सकौँ, नेपाली माटो, नेपाली नागरिकहरूले रुचाउने खालको र त्यसबाट सिर्जित चिजहरू फेरि पुन: यसैमा लगानी गर्नुपर्छ । यो सर्भिस इन्डष्ट्री हो । सर्भिस राम्रो दिन सक्यो भने सफलता खोज्नलाई धेरै टाढा जानुपर्दैन । वरिपरि नै घुमेको हुन्छ ।
फागुन २ गतेदेखि सवारी विधिवत रूपमा बजारमा आउँर्दछ । नेपालीले गरेको काम नेपालीले मन पराइदिँदा काम गर्नका लागि उत्साह, जाँगर र जोश आउँछ । त्यसैले सवारी सेवा नेपालले ‘सवारी एप’ नेपाली बजारमा ल्याउँदैछ । यसलाई रुचाईदिनुस्, मन पराइदिनुस् । हामीलाई हौसला दिनुस् ताकि हामीले अन्तर्राष्ट्रिय लेभलको प्लेटफर्मले जे–जे सुविधा दिन्छ । त्योभन्दा बढी सुविधा दिनेगरी सवारी बजारमा आउँदैछ । प्रयोगकर्ताले माया गरिदिनुभयो भने नै हाम्रो बिजनेस सप्रिन्छ । सप्रिएपछि मुनाफा हुन्छ । मुनाफा भएपछि त्यो पैसा हामी यहीँ लगानी गर्दाखेरि टेक्नोलोजी साउन्ड बनाउन सक्छौँ ।
FACEBOOK COMMENTS