काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
अब उनको उम्मेदवारी केन्द्रीय सदस्यमा मात्रै कायम रहने भएको छ । उनले केपी ओली नेतृत्वको प्यानललाई विजयी गराउन अपिल पनि गरेका छन् ।
FACEBOOK COMMENTS