काठमाडौं । प्रदर्शनस्थल पुग्नुअगावै पक्राउ गरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।
सिंहदबारमा पक्राउ परेका अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएकाे प्रहरी अधिकारीले बताएका छन् ।
यसअघि पक्राउ परेका आफ्ना नेताहरूलाई रिहाइको मागसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका राप्रपा नेता–कार्यकर्ताहरूकाे जुलुस लिङ्देनसहितका नेता पक्राउ परेसँगै माइतीघरतर्फ अघि बढेको छ । आन्दोलन रोकेर पक्राउ परेका नेताहरूकाे रिहाइको माग गर्दै जुलुस माइतीघरतर्फ अघि बढेको हो ।
FACEBOOK COMMENTS