काठमाडौं । एक महिनाको पोखरा बसाइपछि आज काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नजाने भएका छन् ।
प्रर्वराजाको स्वागतका निम्ति उनी नेतृत्वको राप्रपाले मुख्य नेतृत्व सम्हाले पनि लिङ्देन स्वयम् भने राजाको स्वागतमा नजाने भएका हुन् । पार्टीले आजको गतिविधिको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । उनीहरूले राजाको स्वागतका निम्ति तयारी गरिरहेका छन् ।
यसअघि गत बुधबार राजाको पक्षमा पार्टीले आयोजना गरेको ‘वृहत मोटरसाइकल र्याली’मा उनी स्वयम् मोटरसाइकल चढेर सहभागी भएका थिए । तर, आज भने उनी उपस्थित नहुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनी सहभागी नहुनुको कारण भने खुलाइएको छैन ।
यी समाचार पनि पढ्नुहोस्–
आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन हुने

आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन हुने

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन ‘सुपर स्प्लेन्डर’मा हुँइकिए राजेन्द्र लिङ्देन
FACEBOOK COMMENTS