काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको हिंसा राज्यले गरेको आरोप लगाएका छन् ।
आज बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने र आफ्नो मान्यता शान्तिपूर्ण आन्दोलनबाटै स्थापना गर्न सकिने विश्वास राख्ने पार्टी रहेको बताए ।
‘राप्रपाले कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन । र, जसले जेका लागि भए पनि गर्ने हिंसाको विरुद्धमा छ,’ उनले भने, ‘चैत १५ गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो, त्यसका प्रति हामी खेद प्रकट गदछौँ, त्यसको निन्दा गर्न चाहन्छौँ । म अहिले पनि फेरि तोकेर भन्छु– त्यसो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो, राज्यको तर्फबाट गरिएको हिंसा थियो । त्यो भन्न कुनै आपत्ति छैन ।’
यस क्षतिको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख हुने उनले बताए ।
FACEBOOK COMMENTS