काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन्–झन् टाढा बन्दै गएपछि नजिकै पुगेर सुनौँ भन्ने उद्देश्यले निषेधित क्षेत्रमा प्रदर्शन आयोजना गरिएको बताएका छन् ।
सिंहदरबारबाट प्रहरीले पक्राउ गर्नुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यो सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । र, जनताबाट सरकार झन्–झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ । अनि, सरकारको नजिकै गएर प्रदर्शन गरौँ र सुनौँ भनेर हामीले प्रतीकात्मक रूपमा यो कार्यक्रमको आयोजना गरेका हौँ ।’
सिंहदरबारबाट गरिएको आन्दोलन चाहिँ सरकारले सुन्ला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष लिङ्देनले थपे, ‘सुन्नुपर्छ, देश–दुनियाँले सुन्छ, मानव अधिकारवादी सङ्घसंस्थाहरूले सुन्छन् । यी सबैलाई ध्यानाकर्षित गराउन हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।’
आफूहरूलाई आन्दोलनस्थलसम्म जान नदिइएको भन्दै सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले लिङ्देनसहितका नेताहरूलाई पक्राउ गरेको छ ।
यी पनि पढ्नुहाेस्
राजेन्द्र लिङ्देन पक्राउपछि राप्रपाको आन्दोलन स्थगित
प्रदर्शनस्थलमा पुग्नअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू प्रहरी नियन्त्रणमा
सिंहदरबारभित्रै थुनिए राप्रपाका नेताहरू, त्यहीँबाट गिरफ्तारी दिने तयारी !
FACEBOOK COMMENTS