काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सरकारले गठन गरेको राष्ट्रिय विकास परिषद्को सदस्य चयन भएका छन् ।
गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष उनलाई परिषद्को सदस्य पदमा मनोनीत गरेको गरेको हो । २४ पुसमा निर्णय भए पनि आधिकारिक पत्र आज मंगलबार मात्रै प्राप्त भएको जानकारी अध्यक्ष मल्ले दिएका छन् ।
१६औँ योजना तर्जुमामा उनको अमूल्य योगदान रहने अपेक्षा राष्ट्रिय योजना आयोगले गरेको छ ।
FACEBOOK COMMENTS