काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राखेएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।
बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताए । प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिए । आजको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित थिए ।
नेकपा एमाले संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा (माओवादी केन्द्र), नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नेपालको संविधानअनुसार अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह छन् ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा ९माओवादी केन्द्र०का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा ९एकीकृत समाजवादी०का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
FACEBOOK COMMENTS