काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज आज पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई एक युवतीमाथि जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले कर्पोरेट खबरलाई बताए ।
उनलाई आजै काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।
FACEBOOK COMMENTS