काठमाडौं । चर्चित गायक राजेश पायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद (डिभोर्स) गरेका छन् ।
श्रीमती साङबुङको तीव्र दबाबका कारण काठमाडौं जिल्ला अदालतबाट उनीहरूले डिभोर्स गरेका हुन् ।
सम्बन्धविच्छेद गर्दै राजेशले साङबुङलाई ६ करोड भन्दा बढीको सम्पत्ति पनि दिएका छन् । उनले काठमाडौंको नक्सालमा रहेको करिब पाँच करोड रुपैयाँ मूल्य पर्ने तीनतल्ले घर र पचास लाख रुपैयाँ नगद दिएका छन् भने भविष्यमा पनि थप एक करोड रुपैयाँ दिने सम्झौता पनि गरेका छन् । यस्तै, काठमाडौंमा रहेको एउटा घडेरी पनि साङबुङलाई दिने सम्झौता गरिएको बताइएको छ ।
राजेशले आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग केही वर्षअघि सुटुक्क विवाह गरेका थिए भने गत वर्ष मात्रै काठमाडौं महानगरपालिका–३१ बाट विवाह दर्ता प्रमाणपत्र लिएका थिए । उनीहरूका दुई वर्षको एक छोरा छन् । डिभोर्सपछि उनीहरूका एकमात्र सन्तान छोरा आमासँग बस्नेछन् भने राजेशले छोराको पढाइको खर्च साथै भरणपोषणका लागि छुट्टै मासिक १५ हजार रूपैयाँ साङबुङलाई उपलब्ध गराउने छन् ।
FACEBOOK COMMENTS