काठमाडौं । राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेका छन् ।
काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेका हुन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
उनी भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन् । श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाल चयन भएका छन् । सदस्यहरुमा मनोज ढुंगाना, आशिषभद्र खनाल, सुनिल गोर्खाली, कपिल लोहनी र विश्वास खतिवडा रहेका छन् ।
एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ । विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको छ ।
FACEBOOK COMMENTS