![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
बुडापेस्ट । हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि राजीनामा दिएकी छन् ।
गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो ।
उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टिभीमा प्रत्यक्ष प्रशारण मार्फत आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै यो माफी दिँदा आफूले गल्ती गरेको बताइन् ।
माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन् । गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन् । यी २५ कैदीको नाम गत हप्ता सार्वजनिक गरिएको थियो ।
तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनले बाल गृहका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए । यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ ।
FACEBOOK COMMENTS