काठमाडौँ । सर्वोच्च अदालतले राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कर्णाली प्रदेश सभा सचिवालयलाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत् रहेको छ ।
तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) मा लागेपछि कारवाहीमा परेका थिए ।
FACEBOOK COMMENTS