काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्न कर्मचारी संगठनल माग गरेका छन् ।
पाण्डेलाई निलम्बन सहित कारबाही गर्न माग गर्दै कर्मचारी संगठनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरूले माग केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ ।
यहि चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’, भन्दै विभिन्न ५ कर्मचारी संगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS