काठमाडौं । महानगरपालिकाका नगरप्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले अनुशासनहीनता र अनधिकृत बयानको आरोपमा सात बुँदे स्पष्टीकरण सोधेका छन् ।
स्पष्टीकरणमा उनले कर्मचारी आचरण र अनुशासन पालना नगरेको, मुख्यमन्त्रीसँग अमर्यादित व्यवहार गरेको र कार्यालय प्रवेशमा अवरोध गरेको उल्लेख गरिएको छ ।
स्पष्टीकरण नपठाए वा चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने महानगर स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS