काठमाडौं । चैत १५ गते भएको राजसंस्था पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईका दाई राकेशलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पेरिसडाडास्थित राकेशको निवासबाट पक्राउ गरेको बताइएको छ । आइतबार पक्राउ परेका राकेशको तीनकुने घटनामा संलग्न भए वा नभएको अनुसन्धान भइरहेको बताइएको छ ।
उनको घरलाई दुर्गाले सेल्टरको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ ।
FACEBOOK COMMENTS