काठमाडौं । तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनले बालयौन दुरुपयोगको कसुरमा सफाइ पाएका छन् ।
सर्लाही जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले उनलाई सफाइ दिएको हो ।
रामबहादुरसँगै बालयौन दुरुपयोगका कसुरदार ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन् । उनीहरू दुईलाई जिल्ला अदालतले पनि सफाइ दिएको थियो । तर, मुद्दा उच्च अदालतमा पुनरावेदन भएको थियो ।
सर्लाही जिल्ला अदालतले २०८१ असार १७ गते रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
FACEBOOK COMMENTS