काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानले गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने बताएका हुन् ।
उनले देशमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेस लड्दै उल्लेख गर्दै भने, ‘अहिलेको विषम परिस्थितिमा पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्छ । चुनाव भएको खण्डमा नयाँ संसदमा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेट’वादीलाई परास्त गर्नुपर्छ ।’
थापाले नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चश्व स्थापित गर्ने वा दुई शक्तिको वर्चश्व रहेको पुरानै संसद पुनस्र्थापना गरेर फेरि लोकतन्त्रलाई स्थापित गर्न सकिने विकल्प खुलाए ।
FACEBOOK COMMENTS