काठमाडौं । एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) को सम्मानबाट सम्मानित भएका छन् ।
नेपाल सरकारले मुलुकको वाणिज्य, निर्यात तथा समग्र आर्थिक क्षेत्रको प्रवर्द्धनमा विशेष योगदान पुर्याएको भन्दै संघईलाई २०८२ साल असार ३२ गते CIP सम्मान प्रदान गरेको हो।
सरकारले मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान दिने व्यवसायिक व्यक्तिहरुलाई प्रत्येक वर्ष यस सम्मानद्वारा कदर गर्दै आएको छ।
संघईले लामो समयदेखि नेपालको निजी क्षेत्र, वित्तीय सेवा तथा निर्यात प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएका छन् ।
उनको व्यवसायिक नेतृत्व र दूरदर्शिताले मुलुकको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारेको बैंकले जनाएको छ।
यो सम्मानले संघईको योगदानलाई मात्र होइन, एनआईसी एशिया बैंकको संस्थागत प्रतिबद्धता र उत्तरदायित्वलाई पनि उजागर गरेको बैंकको भनाइ छ।
FACEBOOK COMMENTS