काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ तथा स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।
नेतृ झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो ।
नेपालविरुद्ध अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनमा जवाफ दिन स्पष्टीकरण सोधेको छ ।
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल बारे झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् ।
त्यसपछि उनको पार्टीभित्र विरोध भएको थियो। पार्टीले नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह पनि गरेको थियो।
अहिले आएर पार्टी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधेको हो।
FACEBOOK COMMENTS