काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको जनाएको छ ।
२०६० सालदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपालखबरका सम्पादक छन् ।
बाजुरा, साविक मार्तडीमा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनी कानुनमा स्नातक पनि छन् ।
FACEBOOK COMMENTS