काठमाडौं । विद्युतीय कसुरमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने बस्नेत असार १ मा पक्राउ परेकी हुन् ।
FACEBOOK COMMENTS