काठमाडौं । टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्थालक्षित तथ्यहीन विषयहरु प्रस्तुत गरेको भन्दै टिकटकर रमा बस्नेत पक्राउ परेको दुई दिनपछि उस्तै प्रकृतिको अभियोगमा युटुबर ड्राइभर पनि पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई हिजो सोमबार प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोको टोलीले उनलाई नेपालगञ्जको रूपैडियाबाट पक्राउ गरेको जनाएको छ ।
साइबर ब्यूरोका अनुसार रेशमराजले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामग्री बारम्बार प्रकाशन गर्दै आएका थिए ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
FACEBOOK COMMENTS