काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।
२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बतााए ।
“जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो”, उनले भने ।
उनले आगामी निर्वाचन देशको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए ।
“राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।

उनले सशस्त्र प्रहरी बल नेपाल सधैं दृढताका साथ कर्तव्यपथमा अग्रसर रहिरहने विश्वास व्यक्त गरे ।

FACEBOOK COMMENTS