काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् ।
नियमित स्वास्थ्य परिक्षण तथा उपचार गरी राष्ट्रपति पौडेललाई आज विहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो ।
FACEBOOK COMMENTS