काठमाडौँ । चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनावमा उद्योगी तथा व्यवसायी रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै संघाईले आफू विगत २० वर्षदेखि महासंघमा रहेको र उद्योगी व्यवसायीका समस्या बुझेको भन्दै वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नलागेको बताएका हुन्।
संघाई अहिले एसोसिएटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापतिका रुपमा वर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिमा काम गरिरहेका छन्।
उनले भनेका छन्, ‘त्यसैले उद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा म पूर्ण जानकार छु । त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेको छु।’
संघाईले ३ विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। जसअनुसार संगठनात्मक सुधार र समन्वय, कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल र पैरवी तथा आर्थिक विकास र अर्थतन्त्र सुधारमा जोड दिने उनको प्रतिबद्धता छ।
पूर्णपाठ
FACEBOOK COMMENTS