काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेललाई हराउँदै रास्वपाका बुढाथोकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनी २४ हजार ८०८ मत पाएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ढुंगेलले १७ हजार ६०९ मत ल्याए ।
नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन् ।
FACEBOOK COMMENTS