काठमाडौं । सरकारलाई पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले आफु राजसंस्था पक्षधर भएको र सरकारले दिएको पद नलिने जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण सामाजिक सञ्जालमार्फत आफ्नो यस्तो जानकारी गराएका हुन् ।
आइतबार उनलाई मन्त्रालयले लिखित स्पष्टीकरण मागेको थियो । उनले लेखेका छन्, “देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो। म देशमा राजसंस्थाको पक्षधर हुँ। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख। जुन दिन देशमा राजतन्त्र पुनः स्थापना हुन्छ, त्यो दिन जिम्मेवारी लिन्छु। तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई कुनै इच्छा छैन। मेरो स्पष्टीकरण यही हो।”
FACEBOOK COMMENTS