२३ मंसिर, पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने भएका छन् । राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् । यसका लागि शुक्रबार साढे २ बजे अनामनगरमा उनले कार्यक्रम राखेका छन् । पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर गरेका छन् । उनको पार्टीमा अन्य कोको आबद्ध हुँदैछन् भन्ने खुलाइएको छैन ।
नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि उनले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS