काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
सोमबार साँझ बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएको बताइएको छ ।
लेखकले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाएको स्रोतले बतायो ।
आज जेनजीहरूले गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ । उक्त घटनापछि लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिएका छन् ।
FACEBOOK COMMENTS