काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेटिङमा रकम असुल गरेर भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने काममा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
उनले आफू गृहमन्त्री भएर आएपछि कुनै गलत काम भएको पुष्टि राजनीतिमै देखा नपर्ने समते बताए ।
शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँगको छलफलमा मन्त्री लेखकले आफूविरुद्ध उठेका विषयमा आत्तिनुपर्ने कारण नरहेको भन्दै सबै ठीक ढङ्गले छानबिन हुने बताए ।
‘यसमा साथीहरू आत्तिनुपर्ने कुनै कारण छैन। जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठीक ढङ्गबाट छानबिन हुन्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको पनि बताए ।
उनले आजै यसबारे गृह मन्त्रालये विज्ञप्ति जारी गर्ने पनि बताए ।
‘ट्विटरमा के–के लेख्ने काम भइरहेका छन् । म दुई–तीन दिन चुप लागेर किन बसेको भने यो कहाँबाट कसरी किन भइरहेको छ भन्ने बुझिराख्या थिएँ । धेरै कुरा थाहा भइसक्या छ । आज काठमाडौं गइसकेपछि विज्ञप्ति निकाल्छु र दुई–चार दिनमा म आफैँ पनि केही कुरा बोल्छु,’ उनले भने ।
याे पनि पढ्नुहाेस्
कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
FACEBOOK COMMENTS