काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्कालीन गृहमन्त्री रवि लामिछाने र आफ्नो बारेमा उठिरहेको राजीनामाको विषय भिन्न रहेको बताएका छन् ।
आज बुधबार पत्रकार सम्मेलन गर्दै उनले लामिछानेविरुद्ध प्रहरीमा नै जाहेरी दरखास्त दर्ता भएर प्रहरीले अनुसन्धानको जिम्मेवारी पाएको तर आफ्नो हकमा भने आफूविरुद्ध नभइ कर्मचारीमाथि अनुसन्धान भइरहेको भन्दै राजीनामा दिन नपर्ने बताए ।
त्यसकारण विगतमा आफूले लामिछानेको राजीनामा माग्नु र अहिले आफ्नोबारे मागिएको राजीनामाको परिस्थिति फरक भएको उनको दाबी छ ।
कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको र आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS