काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिप्रेरित षडयन्त्र भएको बताएका छन् ।
आज बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट गर्दै अहिले आफूविरुद्ध सामाजिक सञ्जालबाट आरोपित गरिएको बताएका हुन् ।
‘यो विषयलाई लिएर मन्त्रीको पनि संलग्नता छ भन्ने प्रचारप्रसार, समाचार र सामाजिक सञ्जालबाट विचार अभिव्यक्त भएका छन्,’ गृहमन्त्री लेखकले भने, ‘यो असत्य र बेठिक कुरा हो, मेरो कुनै संलग्नता छैन । नियोजित र षडयन्त्रमूलक ढङ्गले आक्रमण भएको छ । यो राजनीतिक स्वार्थप्रेरित छ ।’
उनले एउटा कर्मचारीमाथि अख्तियारले छानिबन गर्दा मन्त्रीले राजीनामा दिने हो भने एक वर्षमा कति मन्त्री चाहिएला भन्दै सामाजिक सञ्जालमा मिडियामा कुरा उठ्दैमा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए ।
मन्त्री लेखकले कसैलाई पनि अन्यायमा पार्न नहुने बताउँदै अहिलेको प्रश्न हामीले कस्तो पद्धति बसाल्ने हो भन्ने भएको बताए ।
एमालेको बचाउ गर्दै गृहमन्त्रीले भने– प्रधानमन्त्रीले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो, अरु होइन
गृहमन्त्री लेखकले भने– रवि र मेरो विषय भिन्न हो, त्यसैले म राजीनामा दिन्नँ
FACEBOOK COMMENTS