काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक चरित्रको हत्या गर्न सुनियोजित रुपमा भिजिट भिसा प्रकरणमा आरोपित गरिएको बताएका छन् ।
प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुविरुद्ध उठेका प्रश्नको जवाफ दिदै आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
अड्कल र आशंकाका विषयमा लगाइएको आरोपमा आफुले राजीनामा नदिने बताउदै प्रमाण बिना चरित्र हत्या गरिनु लोकतन्त्रको अपमान भएको बताए ।
गृहमन्त्री लेखकले संसदमा जवाफ दिदै आफु भिजिट भिसा प्रकरणमा आफु दोषी नभएको स्पष्ट गर्दै यस प्रकरणको छानबिन अख्तियारले गरिरहेको बताएका छन् ।
साथै गृहमन्त्री लेखकले रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई जोडेर आफ्नो राजीनामा माग गरेको भन्दै लामिछानेविरुद्ध किटानी उजुरी परेको र आफूविरुद्ध कुनै उजुरी नै नपरेको स्पष्ट गरे ।
उनले रास्वपाले आफ्नो पार्टी कार्यालयमा किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गरिरहेको सुचना आफुले पाएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।
रास्वपा र राप्रपाको विरोधका बीच गृहमन्त्रीको सम्बोधन
FACEBOOK COMMENTS