काठमाडौं । आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध अभियान नै चलाएर सार्बजनिक गरिरहेकी गायिका एलीना चौहानले गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै गायिका चौहानले अभद्र टिप्पणी गर्नेविरुद्ध कानुनी प्रक्रिया अगाडी बढाएको बताउदै आवश्यक सहयोग गरेका गृहमन्त्री लेखकलाई धन्यवाद दिएकी हुन् । उनले भनेकी छन्- ‘आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो । यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा गृहमन्त्री रमेश लेखकलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ ।’
गायिका चौहानले सोमबार साइबर ब्युरो गएर सामाजिक सञ्जालमा आफुलाई गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध उजुरी दिएकी थिइन् । उनले यो लडाई आफ्नो मात्र नभएको बताउदै चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । साथै एलीनाले गालि गलौज र अभद्र टिप्पणीका कमेन्ट नरोकिएसम्म आफ्नो पोस्ट नरोकिने समेत बताएकी छन् ।
गृहमन्त्री लेखकसँगको तस्वीर सार्बजनिक गर्दै गायिका चौहानले लेखेकी छन्:
म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ ।
FACEBOOK COMMENTS