काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोलि एमालेले गणतन्त्र दिवसको दिन उपत्यकामा आयोजना गर्न लागेको कार्यक्रम सांगीतिक महोत्सव भएको बताएका छन् ।
गणतन्त्र दिवसलाई संगीतमय बनाएर मनाउने कुरा प्रधानमन्त्रीले गरेको भन्दै उनले त्यसलाई राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण वा विध्वंशात्मक नियन्त्रणको रुपमा बुझ्नु गलत भएको उनको भनाइ छ ।
आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एमालेको भरपूर बचाउ गर्दै एमालेले सांगीतिकरुपमा नियन्त्रणको कुरा गरेको स्पष्ट गरेका हुन् ।
यस्तो छ उनको भनाइ–
सम्माननीय प्रधानमन्त्रीज्यूले भोलि गणतन्त्र दिवसको दिनमा काठमाडौं उपत्यकामा संगीतमय बनाऔँ, संगीत महोत्सवका रुपमा यसलाई मनाऔँ र गणतन्त्र दिवसलाई बडो उत्साहका साथ मनाऔँ, सांस्कृतिक कार्यक्रमका साथ मनाऔँ । हाम्रा जति पनि परम्परागत बाजाहरू छन्, सांगीतिक कलाहरू छन् तिनलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसको महोत्सवको रुपमा सांगीतिक महोत्सवको रुपमा मनाऔँ भन्ने अर्थमा भन्नुभएको मैले बुझेको छु ।
त्यसकारण उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो, यो कुनै राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण वा विध्वंशात्मक नियन्त्रणको कुरा गर्नुभएको होइन, संगीतको नियन्त्रण पूरै काठमाडौं उपत्यका संगीतमय बनाउने र यो उपत्यका संगीतको नियन्त्रणमा हुन्छ भन्ने अर्थमा प्रधानमन्त्रीले भन्नुभएको मैले बुझेको छु ।
गृहमन्त्री लेखकले भने– रवि र मेरो विषय भिन्न हो, त्यसैले म राजीनामा दिन्नँ
FACEBOOK COMMENTS