काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भएका सार्वजनिक निजी साझेदारी मोडेलका सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका हुन ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्तावहरु र नीति तयारीका विषयमा जानकारी गराए । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जल विद्युत परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे लगायतका प्रस्तावहरु प्राप्त भएका छन् ।
त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भएको जानकारी गराए ।
FACEBOOK COMMENTS