काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रमिला श्रेष्ठले आज भेट गरी आफ्ना पति रामहरि श्रेष्ठको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेकी छिन् ।
गृहमन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने जनाउँदै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे ।
मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे । रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गरे ।
घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS