काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकोले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उनले बताए । ‘समितिको प्रतिवेदन अनुसार सभापति दोषी हो । उहाँले नैतिकता देखाउनुपर्दछ । यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ झाले प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भनेका छन ।
FACEBOOK COMMENTS